दफा ५३
अधूरो कागजात प्रमाणित सम्बन्धी कसुर
देहायका कुनै कार्य गरेमा अधूरो कागजात प्रमाणित सम्बन्धी कसुर गरेको मानिनेछ ः-
(क) तलब, हातहतियार, गोलीगठ्ठा, सरसामान, इक्विप्मेन्ट, लत्ता कपडा, रसद, मालसामान, स्टोर्स वा सरकारी सम्पत्तिको अभिलेख सम्बन्धी लिखत तयार गर्ने र त्यस्तो लिखत प्रमाणित गर्ने कर्तव्य भएको व्यक्तिले धोखा दिने नियतले लेख्नु पर्ने स्थान खाली राखी प्रमाणित गरेमा,
(ख) कुनै प्रतिवेदन तथा विवरण तयार गर्ने वा पठाउनु पर्ने कर्तव्य भएको व्यक्तिले त्यस्तो प्रतिवेदन तथा विवरण तयार गर्न वा पठाउन इन्कार गरेमा वा लापरवाही गरी तयार नगरेमा वा नपठाएमा ।